इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चाैधरीलाई कार्यालय प्रवेशमा राेक लागाएकाे छ । बुधबार नगरपालिका ४ आइतबरेका यम प्रसाद ढकाललाई थुनेर राखेपछि आन्दाेलित भएकाे नेपाली काँग्रेसले इटहरीले चाैधरीलाई कार्यालयमा प्रवेश निषेध गरेकाे हाे ।
पैनीकाे जग्गा मिचेकाे भन्दै कार्यालयमा बाेलाएर जवरजस्ती ७ दिन भित्र घर भत्काउने कागज गर्न भनेपछि नमानेका ढकाललाई कार्यलयमै बन्दि बनाएका थिए । ढकाललाई बन्दी बनाएसंगै सेवाग्राहिलाई नगरप्रमुख चाैधरीले दमनकारी व्यावहार गरेकाे भन्दै इटहरी कांग्रेसले चाैधरीकाे कार्यकक्षमा ताला लगाएका थिए ।
बिहिबार उपमहानगरपालिका अगाडी १ घण्टा प्रदर्शन गर्दै स्वेच्छाचारी ढङ्गले जनतालाई दुःख दिने काम गरेको भन्दै काँग्रेसले कार्यालय प्रवेशमा रोक लगाएको हो ।
प्रदर्शनपछि कार्यालयकी निमित्त प्रमुख भोजकला दवाडीलाई ज्ञापन पत्र बुझाएको थियाे । विगतमा सूचना प्रकाशित भएका व्यक्तिगत तथा संस्थागत भौतिक संरचना हटाई खोला तथा पैनीको संरक्षण गर्नुपर्ने माग गर्दै काँग्रेसले नगरप्रमुख चौधरीले आफ्ना गतिविधि प्रति आत्मालोचना गरेर विधि प्रक्रिया र कानुन बमोजिम कार्यसम्पादन गर्नुपर्ने बताएकाे छ ।