धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता छाबिनका लागी अख्तियारकाे टाेली धरान आइपुगेकाे छ । 

प्रतिष्ठान भित्र जडान भएका तथा खरिद गरिएका  बिभिन्न मेसिन तथा उपकरणहरूमा भएकाे अनियमितताकाे छानबिनका लागी अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आइपुगेकाे हाे । 

 एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएकाे टाेलीले प्रतिष्ठानका कर्मचारीहरुसँग आवश्यक कागजातबारे छलफल गरिरहेकाे बताइएकाे छ ।