सिरहा । सिरहामा ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

धनगढीमाई नगरपालिका वडा नं.७ गागन खोला नजीक भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्याक्टर पल्टिदा दुर्घटनामा परी गोलबजार नगरपालिका वडा नं. ५ का ३० वर्षिय अरुण यादवको  मृत्यु भएको छ ।

यादव ट्याक्टरमा लेवरको रुपमा कामगर्ने बताइएको छ । साउन देखि भदौ मसान्तसम्म खोला बन्दहुनेभएकाले रातको समायमा बालुबा चोर्न गएकोबेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको हुसक्ने प्रहरीले बताएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले जनाएको छ ।

मृतक शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले बताए ।