विराटनगर । ईटहरी उपमहानगरपालिका २ अन्नपूर्ण मार्गमा मिस गिटि खनाए सडक समयाउने क्रममा  ग्रिनेट बम फेला परेको छ ।

आज बिहान ८ बजेको समयमा केहि दिन अगाडि ल्याएको मिसगिटि ग्राभेल सडक समयाउने क्रममा  ग्रिनेट बम फेला परेको हो । 

गोलो आकारको बलजस्तो बस्तु फेला परेपछि स्थानीय एक जना बालकले खेलाउदै थिए । तेहि क्रममा स्थानीय बम जस्तै शंकास्पद वस्तु फेला परेपछि इलका प्रहरी कार्यलय इटहरिलाइ खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको सुनसरि प्रहरीले जनाएको छ ।

बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि ग्रिनेट बम रहेको खुलेको सुनसरी प्रहरि प्रमुख  एसपि सन्जयसिहं थापाले जानकारि दिए  । उनले भने, ‘सेनाको टोलीले सुरक्षित डिस्पोज गरिसकेको छ ।’ 

ईटहरी २ अन्नपूर्ण मार्गमा ल्याएको मिस गिटि सेउति खोलादेखि ल्याएको बुझिएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।