धरान । हङकङ नेपाली महासंघले नेपालका कोरोना संक्रमितहरुलाई लक्षित गरेर पठाएको दोश्रो चरणको सयथान अक्सिजन कन्सन्ट्रेटर पुर्वका विभिन्न जिल्लाहरुका स्वास्थ्य चौकीहरुमा निशुल्क वितरण जारी राखेको छ । हङकङको सोअर्स एक्सनसंगको सहकार्यमा महासंघले नेपालका विकट र दुरदराजका स्वास्थ्य चौकीमा ती अक्सिजन कन्सन्ट्रेटर निशुल्क वितरण गरेको हो । 

महासङ्घका अध्यक्ष  टङ्क रानाका अनुसार नेपालमा कोरोना महामारीको दोश्रो लहर चलेको बेला अक्सिजन, कोरोना विरुद्धको खोप र पिपिइ सामाग्री अभाव भएको बेला महासंघले ‘हेल्प नेपाल–फाइट कोभिड १९ अभियान चलाएर हङकङ स्थित गैरसकारीसंस्था सोअर्स एक्सनमार्फत नेपालीहरुका लागि २ सय थान अक्सिजन कन्सन्टे«टर जुटाएको हो ।

उनले भने, ‘हामीले पहिलो चरणमा सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका विकट स्थानीय तहका स्वास्थ्य केन्द्र छनौट गरेर सयथान वितरण भइसकेपछि पुर्वका प्रदेश १ का विभिन्न जिल्लामा अक्सिजन कन्सन्ट्रेटर वितरण भइरहेको छ । यसै लटमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर गण्डकी प्रदेशमा पनि वितरण गरिने छ ।’

महासंघका अध्यक्ष रानाकाअनुसार जिल्लाका दुइ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर वितरण भइरहेको छ । उनकाअनुसार एउटै अक्सिजन कन्सन्ट्रेटरको तौल करिव ३० किलोको भएकाले विकट पहाडी भेगका स्वास्थ्य केन्द्रमा पु¥याउन कतिपय अवस्थामा कठिन भएको पनि बताए । 

महासंघका अध्यक्ष रानाले सोचेअनुसार नै वितरण अभियान जारी भइरहेको बताए । 

आइतबारमात्र धनकुटामा दुइ थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ । यअसघि ताप्लेजुङ, पाचथर, इलाम, झापा, संखुवासभा र तेह्रथुममा वितरण गरिसकेको छ । लुम्बिनी प्रदेशको परासी र रुपन्देहीमा बाहेक अरु जिल्लाका स्वास्थ्य केन्द्रमा पनि अक्सिजन कन्सन्ट्रेटर वितरण भइसकेको महासंघले जनाएको छ ।

अभियानका संयोजक समेतरहेकी महासंघका सल्लाहकार तथा निवर्तमान अध्यक्ष रिता गुरुङले अक्सिजन कन्सन्ट्रेटर वितरणको बेला बर्षायाम पनि परेकाले झरी पानी हिलाम्मे बाटो, दुरदराजका गाउमा पुग्न स्वयम्सेवक दललाई कठिनाई पनि भोग्नु परेको बताइन् । उनकाकाअनुसार अव सुनसरी, मोरङ, भोजपुर, उदयपुर, सोलुखुम्बुका र गण्डकी प्रदेशका प्राथमिक स्वास्थ्यकेन्द्रहरुमा वितरण गर्न बांकी छ । उनले भनिन्, ‘परोपकारी संस्था सोअर्स एक्सनले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेपछि त्यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा तोकिएको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा वितरण गरिएको हो ।’ महासंघको उदेश्य नेपालका विकट दुगर्मम र पिछडिएको स्वास्थ्य केन्द्रमा पु¥याएर कोरोना संक्रमणले अक्सिजन अभाव हुन पुगेकाहरुलाई बचाउनु रहेको पनि उनले बताइन् ।

महासंघका पुर्व अध्यक्ष तथा संरक्षक प्रदीप थापालेसवैखाले स्वास्प्रश्वासका रोगीहरुलाइ पनि उपयोगी हुने र कोरोना महामारीको बेला कोरोना संक्रमणले स्वास लिन गाह्रो भएकालाइ पनि काम लाग्ने भएकाले विकट गाउका स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर पठाइएको बताए ।