श्री शालिवाहनीय शाके १९४२ ने. सं.११४१ वि.सं. २०७८ साल श्रावण १३ गते बुधबार, २८ जुलाई २०२१ । राक्षस संवत्सर श्रावण कृष्णपक्षको पञ्चमी तिथि ३ः०७ बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र पूर्वभाद्र ११ः०० बजेसम्म, उप्रान्त  उत्तरभाद्र , चन्द्रमाराशि मीन, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमके उचित मुल्य पाइनेछ । व्यापारमा राम्रै फाइदा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आवश्यकता पुरा गर्न सरसापटलिनुपर्ला ।दिगो काम थालनी गर्न पनि सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दुध तथा कृषि क्षेत्रबाट प्रसस्त लाभ हुनेछ । आफन्त तथा इष्टमित्रहरुको सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरपरिवारको समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ । सोचे अनुरुप काम बन्ने छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक यात्राको योग रहेको छ । सोचे अनुरुप लाभ हुनेछ  । सामाजिक कार्यमा रुचि बढ्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वस्त्र आभुषण को व्यापार व्यवसायबाट प्रसस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अस्वस्थ्यताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ  सथौ मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जग्गा जमिनको कारोबार बाट प्रसस्त लाभ मिल्नेछ । सेयरमा लगानि गदाृ पछिका लाग फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले किर्तिमानी दिलाउनेछ ।