श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन ३ गते आइतबार, १८ जुलाई २०२१ । राक्षसनाम संवत्सर, असार शुक्लपक्षको  नवमी तिथि ००ः४८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र स्वाती ००ः३५ बजेसम्म, उप्रान्त  विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । साथीभाइसँग समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नसोचेको ठाउँबाट धनागमन हुनेछ । घरपरिवारसँग समय बित्नेछ । पूजापाठमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा मनमुटाव बढ्नेछ । आफ्नो विचार विपरीत निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज श्रद्धा र भक्तिभाव बढ्नेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । कृषिजन्य कारोबारमा सफलता मिल्नेछ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटको भय देखिन्छ ।