यासोक/ पछिल्लो समयमा पाँचथरका अधिकाम्स ग्रामिण सडकमा गोलिया व्यपारीहरुले बलमिच्याई गरेका छन् ।
जिल्लाको कुम्मायक गाउँपालिका स्थीत यासोक—माङजाबुङ सडक खण्डमा सडकै अवरुद्ध हुने गरी गोलिया राखिएको छ । सडकमा जथाभावी गोलिया राख्दा दृर्घट्ना बढ्न सक्ने भन्दै सवारी चालकहरुले बिरोध जनाउँदै आएका छन् ।
१२ फुटको सडकमा ५ फुटसम्म गोलिया राखिएको छ । बाँकी रहेको सडकमा सानादेखि ठुला सवारी साधन आवत जावत गर्दा समस्या भएको चालक राम खड्का गुनासो छ ।
नागरिकलाई असहज हुने गरी गोलिया सडकमा राख्न पाइदैन । गोलिया व्यपारीले ढाटको व्यवस्थापन गरी सुरक्षित राख्नु पर्छ । तर सडकमा अव्यवस्थित गोलिया राखेर समस्या पारिएको स्थानीय रुपेश सेर्माको आरोप छ ।
“सडकमा गोलिया राख्ने व्यपारीले एक अर्कोलाई देखाएर आफु चोखिने काम गरेको भन्दै यस्तो प्रवृद्धि प्रति प्रशासनले कडा कदम चाल्नु पर्ने शेर्माको सुझाव छ । साँगुरो र भिराले सडकमा गोलिया राख्दा सवारी दुर्घट्ना भई ठुलो जनजनको क्षति हुने भन्दै स्थानीय सरकारले तत्काल चासो दिनुपर्ने अर्का स्थानीय भिमन्त शेर्माले बताउँछन् ।
यस्ता नियामक निकायले कुनै चासो दिएको छैन । व्यपारीले निश्चित घाट गद्धीमा गोलिया राख्नु पर्ने सव डिविजन वन कार्यालय यासोकका फरेष्ट लेखनाथ रिजाल बताए । “कुन व्यपारीले गोलिया राखेको हो । तत्काल पत्ता लगाएर हटाउँन कार्यालयले पहल गर्ने उनको दावी छ ।