यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका—२ माङजाबुङका धन बहादुर शेर्मा बिक्षिप्त छन । उनलाई न दिनमा भोक लाग्छ, न रातमा निद्रा । हिडडुल गर्न खुट्टा लाग्दैनन् । गत बैसाख १ गतेको आगलागीबाट उनि बिक्षिप्त भएका हुन । घर मूनीको जंगलबाट लागेको आगोले उनको सर्वस्व गुम्यो ।

आँखै अगाडी बर्षभरी जोहो गरेर राखेको अन्नपात घर र गोठ खरानी भयो । अन्नपात, लत्ताकपडा, भाडावर्तन जोगाउँन नसकेका उनि अहिले बिक्षिप्त छन । “वर्षभरी खान राखेको अन्न खरानी भयो’ केही जोगाउँन सकिएन, मकैका दाना खरानीबाट पिप्दै शेर्माले गुनासो पोखे । उनिभन्छन् जाउँ त कता जाउँ, जाने ठाउँ छैन् । घरी घरी लाग्छ मर्न पाए हुन्थ्र्यो, तर काल आउँदैन ।

शेर्माका आठ जना परिवार छन । आठ जना मध्ये ३ जना शारिरिक रुपमा अपांग छन । समुदायले बनाइ दिएको एउटा सानो छाप्रोमा आठ जनाको परिवार कष्ठकर रुपमा बस्दै आएको छ ।

शेर्माको श्रीमती सहित एक छोरा र एक छोरी आपंग छन । उनिहरुको लालनपालन र स्याहार सुसार गर्दै आएका उनलाई यति बेला ठुलो बज्र्रपात परेको छ । आर्थिक रुपमा बिपन्न र अपागं समेत भएको परिवारको पीडा गम्भिर भएको स्थानीय भिमन्त शेर्मा बताउँछन् । आफुहरुले समुदायदेखि बिदेशमा पनि सहयोग जुटाउँन लागि परेको बताए ।

पीडित परिवार मानसिक र सारिरिक रुपमा बिक्षिप्त भएको छ । उनले भने स्थानीय युवाहरुदेखि कोरियावासी युवाहरुसंग पनि सहयोगको लागि माग गरेका छौ । सबैले सहयोग गर्ने इच्छा राखेका छन । चाडैं पीडितको घाउमा मलम पट्टी लाग्छ ।  

यस अघि स्थानीय र बैदेशिक रोजगारीमा गएका युवाहरुले १५ हजार रकम संकलन गरी पीडित परिवारलाई राहत सहयोग गरेका थिए । त्यस्तै वडाले एक बोरा चामल र गाउँपालिकाको तर्फबाट बिपत व्यवस्थापन कोष अन्तरर्गत २५ हजार रुपैयाँ राहत दिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । स्थानीय सरकार र देश बिदेशबाट जुटेको सहयोगले राहत महसुस गरेको पीडित परिवार सामान्य अवस्थामा फर्किन सकेको छैन । 

गाउँपालिकामा चालु आर्थिक वर्षमा दुई ठुला अगलागीका घट्ना घटेका छन । २०७७ साल पौष २७ गते कुम्मायक १ का दुई घर जलेर नष्ट भए । जसबाट ४० लाखको क्षति भयो । त्यस्तै बैशाख १ गते जंगलमा लागेको आगो बस्तीसम्म पुग्दा कुम्मायक २ का धनबहादुर शेर्माको घरमा क्षति पुग्यो । आगलागीका कारण पीडित परिवार बिस्थापीत भएको छ ।

aago 1