आज बिहानैदेखि पूर्वी नेपालको मौसम अचानक बदली भएको छ । पूर्वी नेपाल अन्धाकार भएको छ । हावाहुरी, वर्षा र मेघ गर्जनका कारण मौसम प्रतिकूल बनेको छ । 

पश्चिमी र स्थानीय वायूले प्रभावका कारण आज बिहान मौसममा प्रतिकूल असर परेको मौसम विज्ञान विभागले जनाएको छ । बदली हुँदा हावा, पानी र मेघ गर्जनका कारण पूर्वी नेपालमा अन्धकार छाएको छ ।

देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा र बदली गराएको हो । 

स्थानीय वायुसहित अरेवियन सागरबाट आएको वाष्पसहितको वायूले यो क्षेत्रमा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । धुम्म बादल देशभरि नै रहने उनको भनाइ छ ।