ब्लाष्टखबर ।  इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन तथा अव्यावस्थित बसाेबासलाई व्यवस्थित गर्न लगत संकलन गर्ने भएकाे छ ।

वैशाख महिना भित्रमा नगर क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसाेबास गरिरहेका  हरूकाे लगत संकलन गरिसक्ने गरी भाेलिबाट २० वटै वडाबाट लगद संकलन कार्य सुरू गरिने उपमहानगरका प्रेस संयाेजक लिलाराज भट्टराईले बताएका छन्  । 

उनका अनुसार इटहरीमा भूमी सम्बन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्बन्धी समस्या समाधान सहजिकरण समिति गठन गरि गरी भाेलीबाट ५ ठूला वडामा २/२ जना र अन्यका १/१ जना गरी लगत संकलनका लागि २५ जना कर्मचारी खटाइने भएकाे छ ।