सुनसरीमा पहिलोपटक वराहक्षेत्र नगरपालिकामा नगर नमूना युवा संसद स्थापना तथा अभ्यास विषयक चार दिने तालिम सकिएको छ । तालिममा युवाहरुलाई सम्बोधन गर्दै वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले राजनीति बुझ्नका लागि युवालाई प्रोत्साहित गरे । 

राजनीतिको सुझबुझ बिना अगाडि बढ्न नसक्ने उनले जिकिर गरे । युवा संसद् स्थापना र अभ्यास प्रशिक्षणमा तालिममा सहभागी युवालाई नगर प्रमुख खनालको सम्बोधन । सम्बोधनमा उनले आफ्ना अनुभव सुनाउँदै भनेः

हामीले राजनीति गर्दा भूमिगत भएर गर्नु पथ्र्यो । भूमिगत भएरै काम गर्नु पथ्र्यो । सत्ताका मतियारहरुले, प्रहरी प्रशासनले देख्छ कि, भेट्छ कि भन्ने त्राही हुन्थ्यो । पहाड पर्वतमा लुकेर राजनीतिक अभ्यास गर्नुपथ्र्यो । हामी त्यस्तो तीतो अनुभवबाट गुज्रेका हौं । तपाईंहरु जसरी कुर्सीमा बसेर अभ्यास गर्ने त हाम्रो कल्पना भन्दा बाहिरको विषय थियो ।

तपाईंहरुलाई स्थानीय सरकार प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । तपाईंहरु युवा किशोर–किशोरीहरु अबको पुस्तामा ज्ञानको कमि नहोस् । राष्ट्र निर्माणमा तपाईंहरुलाई यो अभ्यासबाट सहयोग पुगोस् । राम्रो देश, समृद्ध देश बनाउनमा तपाईंहरु अमूल्य भूमिका रहोस् भनेर नगरले बजेट विनियोजन गरेको छ । 

तपाईंहरु विकृति, विसङ्गति, कुलत तिर नलाग्नुहोस् । असल बाटोमा लाग्नुहोस् । वराहक्षेत्र नगर र नगर प्रमुखको मूल धर्म र नारा पनि यही नै हो । सुनसरीमा पहिलोपटक वराहक्षेत्रमा कार्यक्रम सम्पन्न भएको छ ।  

हाम्रो प्रण बराहक्षेत्रलाई नमूना वराहक्षेत्र बनाउनु हो । यसका लागि धेरै बाधा, अड्चन, चुनौतीहरू छन् । यसमा तपाईं युवापुस्ताको साथ सहयोगको ठूलो अपेक्षा राखेको छ नगरले ।

यो अभ्यास कार्यक्रमबाट तपाईंहरु राजनीतिमा नै प्रवेश गर्नु पर्छ भन्ने छैन । अहिले तपाईंहरुको पढ्ने समय हो, पढ्नुहोस् । पछि तपाईंहरु कुनै पनि क्षेत्रमा काम गर्दा चाहे सरकारी होस् या निजी क्षेत्र हरेक क्षेत्रमा राजनीतिको ठूलो भुमिका रहन्छ । कुनै पनि मूल चुरो फुटाउन राजनीतिको हात रहेको हुन्छ । यो अभ्यास कार्यक्रमले तपाईंहरुको जीवनमा ठूलो भूमिका खेल्छ भन्ने मलाई लाग्छ । 

तपाईंहरुको गार्जनबाट मेरो छोरी–छोरालाई जागिर लगाइ दिनुहोस् भनेर अबको दिनमा सुन्न नपरोस् । तपाईंहरु हरेक क्षेत्रमा शिक्षित भएर सफल बन्नुहोस् । तब तपाईंको गार्जन आएर मेरो छोरा छोरीमा त सबै क्षेत्रमा उत्कृष्ट छ अब भने ठाउँ दिनु पर्याे भनेर मलाई नि सुन्नमा गर्व लागोस् । 

अहिले सबै क्षेत्रमा छोरीहरु अगाडि बढेको देख्दा खुसी लाग्छ । दुःख पनि लाग्छ । दुःख यस मानेमा लाग्छ कि, युवाहरु सब विदेश पलायन भए ।  भएकाहरु अधिकांश कुलतमा फसेका छन् ।  विकृतिमा लागेर आफ्नो संकृति बिर्सिदै गएका छन् । घरमा बोल्ने भाषा आनीबानी फरक छ । 

बुबालाई ड्याड, आमालाई मोम्स, ब्रो, सिस्, खानालाई ह्याप्स् । पवित्र शब्दहरुलाई सुन्नमा लाज लाग्ने गरी प्रयोग भएका छन् । यस्ता कुरा बराहक्षेत्रबाट मात्र होइन, नेपालबार्ट निर्मुल होस् । यही उद्देश्यले हामीले नेपालमा धेरै एनजिओ, आइएनजिओसँग हातेमालो गरेर तालिम अभ्यास शुरुआत गरेका हौं ।  

चुनाव जित्न पक्ष–प्रतिपक्ष हुन्छ । चुनाव जसले जिते पनि देश, शहर नगर बनाउन दुवै समूहको अहम भूमिका रहन्छ । सता पक्षको भुमिका रहन्छ नै । जब प्रतिपक्ष दरो हुन्छ तब विकासको लहर आउँछ । 

तर वराहक्षेत्रमा प्रतिपक्ष भूमिकाविहीन छ । प्रतिपक्ष जति दरो हुन्छ विकासको काम त्यति नै बढेर जान्छ । यो त बहुदलीय, संसदीय परम्पराको नियम हो । साथै संसारकै नियम हो । 

मलाई बडो चिन्ता लाग्थ्यो । अबको नयाँ पुस्ता कस्तो खालको होला । कर्मचारी, वडासदस्य, वडाध्यक्ष, उपमेयर, मेयर आउँछ भनेर पिरलो लाग्थ्यो । 

जबदेखि पाँच वटा गाविस मिलेर वराहक्षेत्र बन्यो । अब भने यो अभ्यास कार्यक्रमले बराहक्षेत्रको जनताले राम्रो, असल, सक्षम, शिक्षित,  नगर हाँक्ने नेतृत्व भएको व्यक्ति आउँछ भनेर म ढुक्क छु  । म यही मञ्चबाट शुभकामना पनि दिन चाहन्छु । 

अहिलेको युवापुस्ताका लागि जस्तो सुकै राम्रो कार्यमा हातेमालो गरेर साथ–सहयोग गर्न तत्पर छु ।