ब्लाष्टखबर । भारतमा काेराेना काे दाेस्राे लहरले भारतका विभिन्न सहरहरूमा भयावहकाे अवस्था सिर्जना गरिरहेकाे छ । पहिलाे लहरकाे दैनीक संक्रमणकाे संख्यालाइ उछिन्दै गइरहकाे दाेस्राे लहरमा भारतमा मृत्युसंख्या भने कम रहकाे भारतीय स्वास्थ मन्त्रालयले जनकारी गराउदै आएकाे भएपनि मध्यप्रदेश राज्यकाे भुपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेहरूकाे संख्या बढ्दै गएका कारण शवकाे दाहसंस्कारमा समस्या उत्पन्न हुन थालेकाे छ । 

काेराेना संक्रमितदर बृद्धि हुदै जानु र घाट तथा कब्रस्तान मा ठाउँकाे कमिका कारण भुपालमा समस्था उत्पन्न हुन थालेकाे भारतीय संञ्चार माध्यम अमर उजालाले जनाएकाे छ । 

 शनिबार एकै दिन काेराेना संक्रमणबाट मृत्यु भएका ५६ वटा शव घाटमा पुर्याइएकाे र जसका कारण दाउरा र कब्रस्तानका लागी जमिनकाे अभावकाे सामना भाेग्नु परेकाे समचारमा उल्लेख छ । 

यसरी ५६ वटा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे शव एकै पटक घाटमा पुगेकाे याे पहिलाे घटना भएकाे बताइएकाे छ ।

शनिबार घाटमा शव अबेर रातीसम्म आइरहेपछि घट व्यावस्थापकहरूले नगर निगम तथा अस्पतालहरूलाइ शव नपठाउन आग्रह गर्नु परेकाे समचारमा उल्लेख गरिएकाे छ । यस अघि शुक्रबार पनि भुपालका विभिन्न घाटमा पुगेका ५० प्रतिसत भन्दा बढि शव काेराेना संक्रमितकाे रहकाे बताइएकाे छ ।