सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ६ (भोक्राहा) गाउँमा वडाध्यक्षको लपरवहिले प्रदेशले पठाएको राहत वडाकार्यालयमा कुहिँदै गएकको हो ।  

कोरोना महामारीका वेला विपन्न परिवारकालाई प्रदेश सरकारले पठाएको दोश्रो चरणका बाँड्न ११ महिनाअघि राहत सामग्री पठाएको थियो । तर,वडाध्यक्ष मो. मोतिबुल राइनले बेवास्ता गर्दा राहत कुहिन थालेको छ ।

दोस्रो चरणमा आएको ५८ प्याकेट चामल र तेल वडाध्यक्ष मोहम्मद मोतिबुल राइनको कार्यकक्षमा थन्क्याएर राखिएको छ । ११ महिनाअघि प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय सिराहामार्फत वडा कार्यालयलाई वितरणका लागि ती खाद्य सामग्री पठाएको थियो । 

आएको राहत लामो समयसम्म वितरण नगरी कुुहिने अवस्था आएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन । विपन्न गरिबलाई बाँड्नुपर्ने राहत नबाँडी वडाध्यक्ष राइनले आफ्नो कार्यकक्षमा राखेर कुहाएको भन्दै स्थानीयहरुले आलोचना गरेका छन । 

यता,वडाध्यक्ष मो.मोतिबुल राइनले प्रभावित विपन्न परिवारको संख्या यकिन गर्न नसक्दा राहत बाँड्न नसकेको बताए । राहत कम आएको तर विपन्न परिवारको संख्या धेरै भएकाले पनि वितरण गर्न नसकिएको उनको दाबी छ । 

‘वडामा प्रभावितको जनसंख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या भयो, हामीले बाँड्न सकेनौँ,’ वडाध्यक्ष राइनले भने, ‘खास विपन्न प्रभावित परिवार छुट्याउन पनि नसक्दा वितरण प्रभावित भएको हो ।’ महामारीको समयमा वडा कार्यालय आफैँले पनि राहत वितरण गरेको तर, पछि नामावली संकलन गर्न पनि नसकेको उनले दाबी गरे । 

rahat1