भरौल। बराहक्षेत्रको भलवाचौरीमा आइतबार बिहान बराह कृषि फर्ममा आगजनी हुँदा १५ लाख बराबरको धनमाल जलेर नष्ट हुनुको साथै कृषक आगो नियन्त्रण गर्न खोज्दा पुरै पछाडिको भाग जलेर क्षति पुर्याएको छ ।
बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ५ अवस्थित कृषक मालिक अमर बहादुर कार्कीको पछाडिको पुरै भाग र अगाडिको सामन्य भाग जलेर क्षती पुर्याएको छ । हरि बहादुर खत्रीलाई सामान्य दाहिने हातको कुहिना जलेको छ ।
बिहान करिव ४ बजे तिर एकासी विजुलीबाट तार सट भएर आगजनी हुन सक्ने भरौल प्रहरी चौकी कालाबन्जरका असाइ खेमबहादुर श्रेष्ठले जानकारी दिएको छ ।
कार्कीलाई उपचारको लागि विहानै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार गर्न लगेपनि सामान्य उपचारपछि धरानले यहाँ उपचार गर्न सकिदैन भन्दै विराटनगरको माक्स हस्पिटल रिफर गरिएको प्रहरीले बताए ।
प्रहरीको अनुसार १५ लाख बराबरको क्षति हुन सक्ने अनुमान हामी अहिले मुचुल्का उठाइ रहेको असाई श्रेष्ठले बताए ।
विहान अमर बहादुर कार्की दूध दुहि रहेको अवस्थामा एक्कासी अगोको झिल्को सल्केको देखे पनि नियन्त्रण गर्न खोज्दा खोज्दै फर्मको ४ वटा भैसी र दुई वटा बोकाको पाठोको चलेर मृत्यु भएको छ ।
आगोलाई विहान ६ वजे बराहक्षेत्र नगरको बारुणयन्त्र दमकल र स्थानीयवासीहरु नियन्त्रणमा लिएको ५ नम्बर वडा सदस्य टेकबहादुर गौतमले बताए ।
२ वटा भैसी भर्ना भएको बैसाख जेठ तिर वियाउने बेला भएको कृषक हरि बहादुर खत्रीले बताए । फर्ममा ८ वटा भैंसी, ७ वटा पाँडा र ४ वटा खसी बाख्रा विगत तीन वर्ष देखि पाल्दै आएको मुख नियास्रो रुच्ने अवाजमा बताए ।
दुइवटा भैंसी पनि आधाभाग जलेको छ, सायद बाच्दैन होला । कोरोनाले गर्दा राम्रो व्यवसाय हुन सकेन भखर शुरु भएको थियो । यो ठुलो दसा लागेको रुदै खत्रीले बताए ।
कृषि बैंकको ३० लाख ऋण लिएर हामीले फर्म सञ्चालन गर्दै आएका थिए । फर्म ३ कठ्ठा जमिनमा भैंसी, खसी, कुुखुरालगायतका व्यवसाय गर्दै आएका थिए । भैसिको लागि घाँस र धान खेति गर्न २ विघा जमिन लिजमा लिएर हामी व्यवसाय गरेको कृषक खत्रीले बताए ।