भोजपुर।भोजपुर रामप्रसादराई गाँपालिका-१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।
शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाटिमा चोट लागी घाईते भएकी बानियाँको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।