मोरङको कानेपोखरी–४ नं. वडा कार्यालयको आयोजनामा एक दिने स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको शिविरमा सुगर, प्रेसर चेकजाँच तथा परामर्श साथै सर्पदशंबाट बच्ने उपाय, मनोविमर्ष तथा परामर्श भयो ।
कार्यक्रममा वडाको ५९ जना सुगर र प्रेसरका बिरामीले निःशुल्क सेवा लिएका थिए । सुगर, प्रेसर चेकजाँच तथा परामर्श फिजिसियन डा. राजेश सिंह, सर्पदशंबाट बच्ने उपायहरु सर्प विज्ञ प्रेम विष्ट र मनोविमर्ष परामर्श प्रतिमा गुरुङले सहजीकरण गरेका थिए । कार्यक्रम भुल्के मिडियो प्रालिको आयोजनामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धनबहादुर राईले वडाको गतिविधिको बारेमा र गाउँपालिकाका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले स्थानीय स्वास्थ्य क्षेत्रको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम मोहन भट्टराईको सभापतित्वमा भएको हो । वडासदस्य रोशन लामिछाने गुरुङ, शिव दुलाल, सावनी माझी र श्यामकुमारी विक, वयरवन स्वास्थ्य चौकी इञ्चार्ज ओमप्रकाश लिम्बू, समाज सेवी डम्बर कटुवाल लगायतको आथित्यता रहेका थिए ।