ब्लाष्टखबर । धरान ८ स्थित विश्वकर्मा मन्दिर नजीकै सवारी दुर्घटना हुँदा चार जना घइते भएका छन् । 

धरानबाट इटहरी तर्फ जाँदैगरेकाे काे ३६ प ७७८  र इटहरीबाट धरान तर्फ आउँदै गरेकाे ०१ –०२–०४४ प ५११९ नम्बरकाे माेटरसाइकल एक आपसमा ठाेक्किदा दुबै माेटरसाइकलमा सवार चार जना  घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानले जनाएकाे छ । 

कार्यालयका अनुसार घाइते चारै जनाकाे अवस्था गम्भिर रहेकाे छ । उनिहरूकाे उपचारकालागी धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पुर्याइएकाे छ । घाइतेहरूकाे परिचय खुलिसकेकाे छैन ।