विराटनगर। विराटनगर – ४ बरगाछाीस्थित श्री १००८ बाबा बासुकीनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाउने भएको छ ।
बिहीबार मन्दिर परिसरमा भव्य कार्यक्रम आयोजना गरि महाशिवरात्री पर्व मनाउने भएको हो ।
उक्त मन्दिरमा बिहीबार विहान ६ बजेदेखि शनिबारसम्म महाशिवरात्रीको अवसर पारेर विविद्य कार्यक्रम हुने व्यवस्थापन समितिका अध्यक्ष रामअवतार शर्माले जानकारी दिए ।
बिहीबार विहान रुद्राभिषेक, ९ बजे बाबा बासुकीनाथको जन्ती जाने र साझ ४ बजे श्रृगार पूजा तथा वैवाकि कार्यक्रम र किर्तन रहेको छ । यस्तै शनिबार भोजन र प्रसाद ग्रहण कार्यक्रम हुनेछ ।
महाशिवरात्रीको अवसर पारेर मन्दिरमा आयोजना गरिएको कार्यक्रममा सारिक भइ भोलेनाथको पूजा आर्चना गरि धामिर्कक लाभ उठाउन पनि व्यवस्थापन समितिले आव्हान गरेको छ ।