विराटनगर। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा वृहत र्याली  निकालेको छ । विराटनगरस्थित न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले सोमबार विहान अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर र्याली  निकालेको हो । 

विराटनगरको महेन्द्रचौकस्थित मदर चाइल्ड अस्पतालदेखि निकालेको र्याली ले नगर परिक्रमा गरेपछि सोही अस्पतालमा आएर भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

कार्यक्रम १० बजेदेखि सुरु भइरहेको छ । र्याली मा महिला हिंसा अन्त्य होस्, महिलामाथि हुने विभेद र सम्पूर्ण हिंसा गरलगायतको प्लेकाटसहित र्याली मा सहभागि भएका थिए । 

र्यालीपछि आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा पुगेर योगदान गर्ने महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको न्यूरो हस्पिटलले जनाएको छ ।

rayali-3

rayali-2

rayali