इटहरी । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरुको पहिचानका लागि सरकारले सरकारले पोसाकको ब्यबस्था गरेको छ । तर अधिकांस सरकारी कार्यालयमा अहिले पनि कर्मचारीहरुले सरकारी पोसाक लगाउँदैनन् । 

 कर्मचारीहरु लाई बार्षिक साढे सात हजार रुपैयाँ पोशाक किन्नका लागि पैसा दिदै आएको छ । कर्मचारीहरुले पैसा बुझ्छन तर त्यसले पोशाक किन्छन या किन्दैनन त्यो सरकारलाई थाहा छैन । इटहरी स्थित दुर सञ्चार कार्यालय अधिकांस कर्मचारीहरु कार्यालय समयमा पनि सरकारी पोसाक नलगाई बस्ने कर्मचारीहरु धेरै छन् । 

सरकारले दिएको पोशाक भत्ता बुझ्ने तर पोशाक नलगाउने कर्मचारीहरु बिभिन्न बाहना गर्दै इमान्दार बन्न खोज्छन । टेलिकमका अधिकांस कर्मचारीहरु सरकारी पोसाक नै विना बसेको भेटिन्छन् कार्यलय नजिकै रहेका स्थानीयबासी विजय राईले भने । उहाँहरुलाई प्राय सरकारी पोसाक लगाएको देखेका छैनौ उनले भने । 

कर्मचारीले कहिले जाडोलाई दोष दिन्छन त कहिले धोएको र नसुकेको बहाना बनाउछन । कार्यालय प्रमुखहरुले नै सरकारी पोशाक नलगाएरै कार्यालय आउने गरेका छन । कार्यालयमा भेटिएका एक कर्मचारीले भने कोरोना छ त्यही कारण सरकारी पोसाक नलगाएको हो ।  कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको पाईन्छ । 

यता दुरसञ्चार कार्यालय इटहरीका सुचना अधिकृत गणेशकुमार पौडेलले सरकारी पोसाक नलाएको विषयमा कमीकमजोरी भईरहेको बताए । कर्मचारीहरुलाई हामी दैनिक सरकारी पोसक लगाएर आउनु भनेका हुन्छौ उनले भने । सरकारी पोसाक लगाउने विषयमा कर्मचारीहरुलाई आग्रह गरिने उनको भनाई थियो ।

दुर सञ्चार कार्यालय इटहरीका प्रमुख ज्ञानेश दंगालले सरकारी फिलमा हिड्ने कर्मचारीहरुले सरकारी पोसाक नलगाउने गरेको बताउँछन । सरकारी पोसाक र परिचय पत्र अनिवार्य लगाएर आउनु भन्ने आफुले बेला बेला निर्देशन दिदै आएको बताए । पोसाकको विषयमा आफु थप गम्भिर हुने उनी बताउँछन । 

 सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ । सुचना अधिकृत पौडेल भन्छन् हामी पोसाक लगाउन कडाई गछौ । 

घाम तापेर दिन बिताउँछन् कर्मचारी

दुर सञ्चारक कर्मचारी बेकामे बनेका छन । दुर सञ्चार कार्यालयमा पछिल्लो समयमा सेवाग्राही घटे सँगै कर्मचारीहरु दिनभर घाम तापेर विताउँछन । अधिकांस कर्मचारीहरु घाम तापेर विताउँछन भने केहि कर्मचारीहरु समय अवधिभर कार्यालयमा बस्दैनन् । 

 काम नभएपछि कार्यालय नै नआउने र कार्यालय आएपनि काम नभएकाले गफ चुटेर वा कम्प्युटरमा गेम खेलेर बस्ने प्रवृत्ति कर्मचारीमा बढ्दै गएको छ । अधिकांस कर्मचारी हाजिर गरेर टाप कस्छन् ।

तर दुरसञ्चारका सुचना अधिकारी पौडेल भने पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरु बढ्दै गएकोे बताउँछन् । कार्यालय त्यत्रो भिडभाड हुदैन तर पनि फ्याट्टफुट्ट सेवाग्राही भने आईरहेको उनको भनाई थियो । नेट जोड्ने ग्राहकहरु बढेको उनी बताउँछन् । 

tele1