ब्लाष्टखबर । ईलामकाे सुर्याेदय नगरपालिकामा टेम्पु दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।
नगरपालिकाकाे ९ नम्बर वडा स्थित पान्दम डाँडागाउँमा पान्दमबाट फिक्कल तर्फ जादैगरेकाे प्रदेश१ –०१ –००१ ह ७९०१ नम्बरकाे अटाे आज दिउसाे १ बजे अनियन्त्रित भई सडकमा पल्टदा अटो चालक सुर्योदय नगरपालिका ९ पान्दम बस्ने बर्ष ४२ को सुकमान राई घाइते भएका थिए ।
घाइते राईकाे उपचारकाे फिक्कल अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएकाे प्रहरी चाैकी फिक्कलले जनाएकाे छ । प्रहरी चाैकीका अनुसार पान्दमबाट यात्रु लिन फिक्कल गइरहेका राईकाे
कच्चीबाटाेमा टम्पु पल्टिएपछि टाउकाेमा चाेट लागेकाे थियाे ।