बेलबारी/ आइतबार बिहान करिब १ बजे मोरङको गोठगाँउमा भएको सडक दुर्घटनामा बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको घटनास्थलमै मृत्युु भएको  छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बा.४ख ६९६ नम्बरको माईक्रो र पुर्वबाट पश्चिम तिर जाँदै गरेको प्र.२.०२००१प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

मोटरसाइकलमा सवार बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा राखिएको र घाइते दुई जनाको बिराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।