विराटनगर । मोरङको उर्लाबारी नगरपालिका – ५ का ३२ वर्षिय प्रविण बाँस्तोलाको रहस्मय तरिकाले मृत्यु भएको घटनामा सबै ६ जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये दुई जना पुर्पक्षको लागि थुनामा, २ जना धरौटि र २ जना प्रहरीको न्यायीक हिरासतमा रहेका छन् । हत्या आरोपमा पक्राउ परेका मध्ये प्रविणका साथीहरु मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी र  सुदीप परियार मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको इजालशले पुर्पक्षको लागि थुनामा पठाएका छन् ।

यसैगरि होटल संचलाक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, र घरबेटी उर्लाबारीका रमेश गिरी धरौटिमा रिहा भएका छन् । होटल संचालक राईलाई तीन लाख र घरपेबी गिरीलाई मोरङ अदालतले १ लाख रुपैयाँ धरौटिमा छाडने आदेश दिएको छ । गिरीको होटलमा खानपिन गरेपछि प्रविण सुतेको घर गिरीको भएकोले प्रहरीले उनीहरूलाई पनि प्रतिवादी बनाएको थियो ।

घटनामा संलग्न भएको आरोपमा फरार भएका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिका–९ का ३१ वर्षीय दीपेश पौडेल छन् । पक्राउ परेका मध्ये रणपहेलीलाई मोरङ प्रहरीले भैरवहाबाट शुक्रबार साँझ पक्राउ गरेको हो भने पौडेल झापा प्रहरीको हिरासतमा रहेका छन् । पौडललाई झापा प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो । झापा प्रहरीले अनुसन्धान पूरा गरि अदालतमा अभियोग बुझाएर आदेश आएपछि मोरङ प्रहरीले पौडेललाई अदालत उपस्थित गराउने तयारी गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

बाँस्तोला प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेर ६ जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा अभियोग  दायर गरिएको थियो । त्यसमध्ये होटल सञ्चालक राई र घरबेटी गिरी धरौटीमा रिहा भएका हुन् ।