सञ्चार र व्यवहार दुबैमा समावेशी कानून हुनुपर्ने मागसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दुई दिने भेला सुनसरीको रामधुनीस्थित रास तालमा सुरु भएको छ । 

पहिलो दिनको सत्रमा आदिवासी जनजातिको हकअधिकार र अग्राधिकारका बारे पत्रकार संवेदनशील हुनुपर्ने आमन्त्रित अतिथिले विचार राखेका छन् । आदिवासी अभियन्ताहरुले उठाउँदै आएका ‘खुवालुङ’ लगायतको संरक्षणका विषयमा समेत आवाज उठेको छ ।

Fonij_Province6

संविधानको प्रस्तावनामै मुलुक समाजवाद उन्मुख हुने परिकल्पना गरिएको स्मरण गर्दै आदिवासी अभियन्ता तथा नेपाल आदिवासी जनजाति महासंघका नेता तिलक राईले समाजवादको बाटो खन्न समेत आदिवासी जनजातिको अधिकार स्थापित हुनुपर्ने जिकिर गरे । 

उनले पछौटेहरुलाई अगाडि नल्याएसम्म, हराउन आँटेका भाषा, धर्म संस्कृतिहरुको उत्थान नगरेसम्म यो देशमा समृद्धि र विकास सम्भव नभएको विचार व्यक्त गरे । 

Fonij_Province1

‘विकसित साथीहरुलाई म आग्रह गर्न चाहन्छु हामी सबैले हातेमालो गरौं, पछाडि परेकाहरुलाई अगाडि ल्याएर समान बनाऔं, त्यसपछिमात्र प्रतिस्पर्धाको लागि तयारी होऔं, अभियान्ता राईले भने, ‘कसैले अप्ठेरो नमानौं, देशको विकास, समृद्धि र समाजवाद उन्मुख देश निर्माण गर्न सबैले सबैलाई अगाडि ल्याऔं । 

Fonij_Province2

अभियान्ता राईले आदिवासी जनजाति पत्रकारहरुलाई पनि समावेशी र सन्तुलित तरिकाले मूल धारमा ल्याउन सबैले प्रयत्न गर्नुपर्ने बताए । 

वरिष्ठ पत्रकार किशोरकुमार कार्कीले आदिवासी जनजातिको हकअधिकारको स्थापनाका लागि स्वयम् पत्रकारहरुले लेखनको माध्यमद्वारा मुद्दा स्थापित गर्नु पर्ने उल्लेख गरे । वर्तमान सन्दर्भमा अधिकार प्राप्तिको विषयसँग राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्धि र विकास निर्माणलगायतका विषयसमेत जोडेर लानुपर्ने विचार व्यक्त गरे ।  

Fonij_Province8

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलामा फोनिजले सुनसरीको अग्रज पत्रकार गोपाल देवानलाई याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै विष्णुमाया लालबहादुर राई स्मृति पत्रकारिता पुरस्कारबाट इटहरीकी सञ्चारकर्मी सुप्रिया राईलाई सम्मान गरिएको छ ।  

Fonij_Province9

प्रदेश भेलाले थारु संग्राहलय, रामधुनी मन्दिर, कोसी नदी, शंकरबेली ताल, रास ताल जुडी सिमसार क्षेत्र, ग्राम थान र वराहक्षेत्र नगरपालिकाका पर्यटकीय क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्य राखेको फोनिज सुनसरी अध्यक्ष धीरेन्द्र चौधरीले बताए ।

भेला फोनिज १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्नेलीको सभाध्यक्षतामा भएको थियो । 

Fonij_Province3

Fonij_Province10

Fonij_Province4

Fonij_Province5

तस्बिरहरुः ब्लाष्ट / प्रदीप चौधरी