उर्लाबारी ।   उर्लाबारी नगरपालिका वडा नं.–५ को सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लावान्ति भएका छन । प्रति सुत्केरीले ५ हजार २ सय ५० रुपया“ पाएका छन ।  

  शुक्रबार वडा कार्यालयमा सुत्केरी पोषण कार्यक्रम उपभोक्ता समुहले आयोजना गरेको पोषण सामग्री वितरण कार्यक्रममा  गर्भधारण तथा सुत्केरी भएका ४० जनालाई २५ केजी चामल सहित दाल, अण्डा, स्यायु, तेल, घिउ, मह, हरलिक्स, ज्वानो, जोनसोन सावुन लगायतका सामग्री वितरण गरीएको थियो ।

सामाग्री पाएकी वडाकी विनीताकुमारी सिहले काम गरेर खाने आफु जस्ता समुदायको लागि कार्यक्रम वरदान भएको बताएकी छन ।

समुहकी अध्यक्ष उषा मोक्तानको अध्यक्षता तथा नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी शर्मा सहित वडा सदस्यहरु देवीकला राई, रामकुमारी बिक, नेपाल रेडक्रस सोसाईटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई सहितका वक्ताहरुले विपन्न समुदायका लागि वडाले ल्याएको सुत्केरी पोषण कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउदैँ यस कार्यक्रममलाई निरन्तरता दिन सुझाव गरेका छन ।