ब्लाष्टखबर । भोजपुर जिल्लाकाे रामप्रसाद राई गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । 

बिहिबार बिहान करिब ७ बजे  गाउपालिकाकाे ५ नम्बर वडामा को २ त ३६६९ नम्बरको दुर्घटना हुदा साेहि ठाउँका सहचालक प्रदिप तामाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ । 

कार्यलयकाे अनुसार ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए । घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा करिब १ घण्टापछि मृत्यु भएको हाे ।

दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।