श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल  फागुन ११ गते मङ्गलबार, २३ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर माघ शुक्लपक्षको एकादशी तिथि १८ः२१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र आद्र्रा १२ः४४ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३३ र सूर्यास्त ६ः०० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

आफ्नो प्रतिभाद्वारा अरूलाई उछिन्न सकिनेछ । आशा नगरेको काम बन्नाले उत्सुकता बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ । विपक्षीबाट टाढा रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आँखासम्बन्धी समस्याले सताउन सक्ला । पढाइमा मन लाग्ने छैन  । यात्रा गर्दा विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । यात्रा गर्दा विचार पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । उच्च अधिकारीको साथ र सहयोग प्राप्त हुनेछ । सन्तानबाट सन्तुष्टि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखा पर्नेछ । हतारमा निर्णय लि“दा  पछुतो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रा सफल रहला । थालेका कार्यहरू विस्तारै पूरा हुँदै जानेछन् । आकस्मिक धनलाभ हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । तीर्थयात्राको योग बनेछ । आजको दिन राम्रो रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ  । धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । पढाइमा रुचि बढ्नेछ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । पढाइमा रुचि बढला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामको बोझले अध्ययनमा बाधा पुग्न सक्छ । अप्ठ्यारो परिस्थितिमा आफन्तले दुःख दिनेछन् । स्वास्थ्यको ख्याल राख्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विभिन्न समस्या आइपर्न सक्नेछ । परिस्थिति अलि प्रतिकूल रहला । दिन सामान्य रहेको छ । यात्रा कष्टकर देखिन्छ ।