इटहरी र इटहरी पूर्वको केन्द्र हो । चारैतिरका मान्छे यहाँ ठोक्किन्छन् । आधुनिक सहर बन्ने क्रममा रहेको इटहरी शैक्षिक ‘हब’ पनि हो । यहाँ सरकारी तथा निजी प्रशस्त स्कुल कलेज छन् । निजी स्कुलले यहाँ बजार लिइरहेको पाइन्छ । तर, निजी स्कुलको भीडमा एउटा सरकारी विद्यालयले राम्रो प्रभाव जमाउन सफल भएको छ ।

सामुदायिक विद्यालयहरू पनि शिक्षा दिन कमजोर छैनन् । सामुदायिक विद्यालयमा पनि निजी सरह अङ्ग्रेजी माध्यममा उच्चकोटीको शिक्षा दिन सकिन्छ भन्ने गतिलो उदाहरण जनता नमुना माध्यमिक विद्यालय बनेको छ ।

unnamed (2)

जनता माविले अङ्ग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरू सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्लो वर्ष पनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परीक्षा लिएर विद्यार्थीहरूलाई भर्ना गराइएको थियो । प्रवेश परीक्षा लिएर भर्ना गर्नुपर्ने बाध्यता भएको एक मात्र विद्यालय हो जनता मा.वि. ।

यहाँका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकको अतुलनीय योगदानले देशभरमै सामुदायिक विद्यालयतर्फ नमुना विद्यालयको रूपमा आफूलाई चिनाउन सफल भएको छ । विद्यालयले स्तरीय शिक्षक राखेर प्रविधिमैत्री तथा अत्याधुनिक कक्षाकोठामा अध्ययन अध्यापन गराउन थालेको छ ।

unnamed (6)

अङ्ग्रेजी माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई यस वर्षदेखि नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिनु भयो ।

unnamed (5)

अभिभावकको आह्वान

जनता नमुना विद्यालयलाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन यस विद्यालयका अभिभावकहरूले आह्वान गरेका छन् ।

विद्यालयले लकडाउनको समयमा पनि अभिभावकहरूसँग शुल्क उठाएको भन्दै विरोध भएपछि अभिभावकहरूले नै प्रेस विज्ञप्ति जारी गरेर विद्यालयको राम्रो योजना र गुणस्तरीय शिक्षाका लागि सहयोग गरेका थिए ।

विद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पु¥याउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सङ्घ–संस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको थियो ।

विद्यालयका केही अभिभावकहरूले बैङ्कमार्फत् रकम जम्मा गरेपछि निःशुल्क शिक्षा दिनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा समेत विरोध भएको थियो ।

तर, विद्यालयले भने अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेकोले पूर्वाधार, शिक्षक आदिको लागि अभिभावकसँग सहयोग लिनुपरेको जनाएको थियो । नेपाली माध्यममा भने विद्यार्थीहरूले निःशुल्क पढिरहेका छन् । उक्त शुल्क पनि विद्यालयको करकापमा नभई स्वेच्छाले दिएका थिए ।

६ सय विद्यार्थीलाई भर्ना लिने भनिएको प्रवेश परीक्षाको फारम एक हजार पाँच सय बढी विद्यार्थीले भरेका थिए । विद्यालयले प्रवेश परीक्षाको लागि फारम भरेका सबै विद्यार्थीलाई भर्ना लिएको छ । अघिल्लो वर्षदेखि विद्यालयले विद्यार्थीहरूलाई भर्ना गर्दा प्रवेश परीक्षा लिन थालेको छ ।

यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिई आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिएको थियो ।

unnamed (4)

आगामी योजना

पनि गुणस्तर बढाउने योजना रहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालका अनुसार हाल कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ ।

यो वर्षदेखि विज्ञान सङ्कायमा कक्षा सुरु हुनेछ । यस वर्षको एसईईमा ४० जनाभन्दा बढी ए प्लसमा उत्तीर्ण हुने लक्ष्य लिइएको छ । विज्ञान प्रयोगशाला बनाउने, स्विमिङ पुल निर्माण गर्ने योजना रहेको छ । आगामी शैक्षिक सत्रमा कक्षा ४ मा ४० जना, कक्षा ११ मा २ सय र अन्य कक्षामा ७–७ जनाको दरले मात्र नयाँ भर्ना लिने योजना रहेको छ ।

unnamed (3)


के सुविधा छ ? 

सुविधासम्पन्न कक्षाकोठा, आरसिटी हल, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, ट्रष्ट, जक्सन, वाल, झ्याल–ढोका निर्माण, स्तरीय महिला बालबालिका, अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । प्रोजेक्टरमार्फत् पनि कक्षा सञ्चालन गरिन्छ ।

प्रविधिको उच्चतम् प्रयोग गरिएको छ । विद्यार्थीले विद्यालयको फेसबुक पेजबाट पनि शिक्षा लिन सक्छन् । पेजबाट विद्यार्थीहरूले आफूलाई समस्या परेको, नजानेका कुराहरू सिक्ने वातावरण मिलाइएको छ । इन्टर एक्टिभ बोर्ड राखिएको छ । ५५ इञ्चको टिभी खरिद गरिएको छ । साथै डिजिटल माध्यमबाट पढाउन थालिएको छ ।


लकडाउनमा पनि अनलाइन कक्षा सञ्चालन

सामुदायिक विद्यालयहरू लकडाउनको समयमा प्रायः गतविधिशून्य भए । निजी केही विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका थिए ।

यस विद्यालयले भने स्वास्थ्य मापदण्ड पूरा गरी अनलाइन कक्षा सञ्चालन गरेको थियो । कोही पनि आधारभूत शिक्षा लिनबाट बञ्चित नहोउन् भनेर विद्यालयले प्रविधिमैत्री वातावरण बनाए पनि अनलाइन कक्षा सञ्चालनका लागि सहज भएको हो ।

यस्तो छ भौतिक संरचना

विद्यालय प्रशासनका अनुसार दुईवटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।

विद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखी भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिएपछि ७० जना अविभावकहरूले विद्यालयलाई बैङ्कमार्फत् सहयोग जम्मा गरेका थिए । तर, विद्यालय प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरूलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।

राज्यको सहयोग

उत्कृष्ट शिक्षा प्रदान गरेबापत नेपाल सरकारले यस विद्यायलको स्तरोन्नतिका लागि ३ करोड २ लाख अनुदान प्रदान गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनपछि ३७ लाख ६० हजार गत आ.व.मा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र हुँदै इटहरी नगरपालिकाको शिक्षा विकास महाशाखा हुँदै विद्यालयमा आएको छ ।

यो आ.व.मा पुनः १ करोड ५० लाख आएको छ। क्रमशः सबै पैसा आउने र भौतिक निर्माण र पूर्वाधार निर्माणमा खर्च गरिने विद्यायलका प्रधानाध्यपक छत्रपति ढुङ्गेलले बताए ।

प्रदेश सरकारको पनि १४ लाख सहयोग प्राप्त भएको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै विद्यालयलाई आवश्यक फर्निचर, डेस्क–बेञ्च, भौतिक निर्माणको काम गरेको छ । ग्रिलको ३ सय डेस्क–बेञ्च बनाइएको छ ।

unnamed

बोर्डिङ स्कुुलकबाट हाम्रो विद्यालयमा विद्यार्थी आएका छन

यो विद्यालय २०१३ सालमा स्थापना भएको हो । हामी विद्यालय व्यवस्थापन समितिको टिममा २०७५ असार ७ गते आएपछि हाम्रो पूर्ण समय यस विद्यालयलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा नै छ । हामी आउँदा ७ सय ७४ जना विद्यार्थीहरू थिए ।

हाल ३ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत छन् । १५ सयभन्दा बढी विद्यार्थीहरू निजी विद्यालयबाट विद्यार्थीहरू आएका छन् । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ ।

४६ जना शिक्षकहरू निजी स्रोतबाट राखिएका छन् । ३२ जनाले सरकारी स्रोतबाट तलब पाउनुहुन्छ । यो विद्यालयलाई यहाँसम्म ल्याउन अभिभावकको महŒवपूर्ण भूमिका रहेको छ ।

निजी स्रोतबाट काम गर्ने शिक्षक सबै स्नातक उत्तीर्ण हुनुहुन्छ । हामी विद्यार्थीहरूलाई आफै खोजेर सिक्ने वातावरण बनाउँदै छौं ।

विज्ञ एवम् सल्लाहकारको रूपमा डा। दिवाकर रेग्मीले हामीलाई सहयोग गरिरहनुभएको छ । विद्यालय व्यवस्थापन समिति टिम, शिक्षक अभिावक सङ्घ सबै सक्रिय भएर यस विद्यालयको गुणस्तर निर्माणका लागि लाग्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य शिवराज दाहाल दैनिक विद्यालय आएर काम गर्नुहुन्छ । उहाँको योगदान अतुलनीय छ । नेपालीमाध्यमको सहायक प्रअको रूपमा पशुपति सिग्देलले जिम्मेवारी सम्हालिरहनुभएको छ भने अङ्ग्रेजी माध्यमको कक्षामा सहायक प्रअको रूपमा राजनकुमार ढकाल रहनुभएको छ ।

करिब १३ बिगाहा जग्गामा अङ्ग्रेजी माध्यम र नेपाली माध्यमका छुट्टाछुट्टै भवनमा पढाइ हुँदै आएको छ ।


unnamed (1)


सामुदायिक विद्यालय पनि बोर्डिङभन्दा कमजोर छैनन् भन्ने उदाहरण हामी दिन्छौं

व्यावहारिक र गुणस्तरीय शिक्षा दिनका लागि प्रविधिको उच्चतम् प्रयोग गर्दै विद्यालयलाई देशकै एउटा नमुना विद्यालय बनाउने दिशामा हामी अघि बढेका छौं ।

विद्यार्थीहरूलाई असल नागरिक र आफ्नो खुट्टामा उभिन सक्ने जनशक्ति तयार गर्ने थलो बनोस् भन्ने हाम्रो ध्येय रहेको छ । इटहरीलाई शैक्षिक ‘हब’ बनाउनका लागि कसैसँग प्रतिस्पर्धा नगरी निजी र सामुदायिक विद्यालयको समन्वयकारी भूमिका खेल्ने दिशामा हाम्रो प्रभावकारी भूमिका रहनेछ ।

केही वर्षमा ५ हजार विद्यार्थी पढ्ने विद्यालय हुनाले सम्पूर्ण अभिभावक, शिक्षक, प्रशासन, राजनीतिक दल र शिक्षासेवी, समाजसेवीहरूमा विद्यालयसँग जोडिनका लागि अनुरोध छ । सामुदायिक विद्यालयहरूले पनि निजीको भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने उदाहरण दिन हामी चाहन्छौं ।

साथै दिई पनि रहेका छौं । निजी विद्यालय छाडेर अभिभावकहरूले हाम्रो विद्यालयमा बालबालिका ल्याइराख्नुभएको छ । यसलाई नै हामी ठूलो सफलता मान्छौं । ब्लाष्ट दैनिकबाट