वराहक्षेत्रको प्रतिष्ठित सेभेन साइड फुटबल प्रतियोगिता ‘न्यु जेनेरेशन फुटबल च्यालेन्ज कप २०७७’ फागुन ८ गतेदेखि १५ सम्म हुने भएको छ ।

आयोजक २ टिमसहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । आयोजक रातो र निलोसहित यलम्बर फुटबल क्लब धरान, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, पञ्चायन फुटबल क्लब रामधुनी, कल्चरल गृन क्लब चक्रघट्टी, पथरी फुटबल क्लब मोरङ, शान्तिनगर फुटबल क्लब इटहरी सहभागी हुने आयोजक क्लबका अध्यक्ष अजित धामीले जानकारी दिए । 

प्रतियोगिताका विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल प्राप्त  गर्ने छ भने उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीहरुले पनि व्यक्तिगत नगद तथा ट्रफी प्राप्त गर्ने सचिव प्रवेश राजधामीले जानकारी दिए ।  

प्रतियोगिता वराहक्षेत्र नगरपालिकाको संरक्षकत्व र वडा नं. ३ को संयोजकत्वमा हुनेछ । 

प्रतियोगिता बारे जानकारी गराउँदै न्यु जेनेरेशन क्लबका अध्यक्ष अजित धामीले भने, ‘युवा किशोरकिशोरी कुलत, विकृतिमा नलागून्, भरौलको पहिचान खेलकुदबाट दिन सकियोस् भन्ने उद्देश्यले खेल खेलाउँदै आएका छौं ।’

Tie_Sheet_New_Generation