वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित वराहक्षेत्र मेयर कप फुटवलको दोश्रो संस्करण जेठको अन्तिम साता वाट शुरु भएको छ । एभरेष्ट फुटवल क्लव वराहक्षेत्र ३ को आयोजना जेठ ३२ गते वाट फुटवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

फुटवलमा सुनसरी,मोरङ्ग र उदयपुर जिल्लाका, पञ्चायन फुटवल क्लव रामधुनी,श्रीशान्तिनगर फुटवल क्लव ईटहरी,बेलवारी फुटवल क्लव मोरङ्ग, गाईघाट फुटवल क्लव उदयपुर, १ नम्बर प्रदेश विभागिय फुटवल क्लव शसस्त्र प्रहरी, वराहक्षेत्र नपा १ चतरा र आयोजक एभरेष्ठ रातो र निलो गरि ८ टिम सहभागि हुने,आईतवार नडाहामा भएको पत्रकार सम्मेलनमा, आयोजक एभरेष्ठ फुटवल क्लवका अध्यक्ष मधुसुदन भट्टराईले बताए ।

नकआउटको आधारमा हुने खेलको पुरस्कार राशीमा विजेता क्लव लाई नगद १ लाख २५ हजार र उपविजेता लाई नगद ७५ हजार नगद तथा ट्रफि प्रदान गरिने मेयर कपका संयोजक प्रकाशदिपशाली राईले बताए ।

१६ लाख २० हजार बजेट भएको मेयर कपको लागि तयारी अन्तिम चरणमा पुगेको भन्दै फुटलव प्रतियोगिताको लागि वराहक्षाेत्र नगरपालिकाले ३ लाख यसैगरी वडा नम्बर ३ ले २ लाख दिने पक्का भएको वराहक्षेत्र नपा ३ का वडाध्यक्ष र नपाको प्रवक्ता समेत रुद दाहालले बताए ।

प्रतियोगिताको लागि वैदेशिक रोजगारीमा रहेको नपाका युवाहरुले १ लाख ५० हजार, प्याबसन सुनसरी र अन्य संघ संस्थाले सहयोग गर्ने बताएकोले उत्साहित हुदै दोश्राेँ मेयर कपको ट्रफि उचाल्ने प्रथम टिम लाई साविकको १ लाख १ हजार रुपैंयामा २४ हजार र द्वितिय उपविजेताको ५० हजार नगद राशीमा २५ हजार रुपैंया थप गरिएको दाहालले जानकारी दिए ।

फुटवलको प्रत्येक दिनको म्यान अफ द म्याच लाई नगद २५ सय,यसैगरी फाईनल खेलको उत्कृष्ट
हाई स्कोरर गरि सबै विधामा नगद ५ हजार प्रदान गरिने भन्दै फुटवल प्रतियोगिता नडाहा खेल मैदानमा मध्यान्ह ३ वजे देखि हुने संयोजक प्रकाशदिपशालीले बताए ।

२०७४ साल पुषमा पहिलो फुटवल प्रतियोगिताको आयोजना गर्दै चर्चित बनेको वराहक्षेत्र मेयर कपको पहिलो संस्करणमा ८ वटा टिम सहभागि हुदै, पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र रानी विराटनगरले उपाधि उचालेको थियो भने वराहक्षेत्र ११ उपविजेता बनेको थियो ।