विराटनगर । विराटनगरस्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले स्नातकोत्तरसम्मको कक्षा संचालन सुरू गर्ने भएको छ ।
एभरेष्ट एकजुकेशनले विराटनगरमा सञ्चालित एम्स कलेजलाई पनि आफ्नो स्वामित्वमा ल्याएपछि मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने भएको हो । फाउण्डेशनले यसवर्षदेखि स्नातकोत्तरको कक्षाहरू संचालन गर्ने भएको फाउण्डेसनका प्रबन्धक निर्देशक तथा प्रचार्य टीकाराम पुरीले जानकारी दिए ।
यो सँगै फाउण्डेसन अन्तर्गत न्यू एभरेष्ट कलेज, विराटनगर– ५ र एम्स कलेज विराटनगर–९ बाट स्नातक तहमा विभिन्न विषयका अध्यापन शुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका बिबिएस र बिएससि सिएसआइटी, बिएचएम र बिएका कोर्ष अध्यापन गराउने यस फाउण्डेसनले न्यू एभरेष्ट कलेजमा बिबिएस र बिएससि सिएसआइटीका कक्षा सञ्चालन गर्ने फाउण्डेसनका प्रबन्धक निर्देशक तथा प्रचार्य पुरीले जानकारी दिए । अत्याधुनिक भौतिक संरचनासहित सञ्चालनमा रहेको फाउण्डेसनले शिक्षा समेत अन्तर्राष्ट्रियस्तरको प्रदान गर्ने अठोट लिएको छ । यसअघि एभरेष्टमा मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन हुदै आएको थियो ।