धरान। राउत क्षेत्री सेवा समाज धरान नगर समितिको प्रथम साधारण भेलाले अध्यक्षमा कृष्णबहादुर राउतलाई चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विमला राउत, सचिवमा जितबहादुर राउत र कोषाध्यक्षमा धनबहादुर राउत चयन भएका छन् । यसै गरी सदस्यहरूमा रामकुमार राउत, सीमा राउत, टेकबहादुर राउत, धनबहादुर राउतलगायत छन् । त्यस्तै सल्लाहकारहरूमा देवकुमार राउत, हरिबहादुर राउत र मनोज राउत छन् । 

समितिले धरानभित्र रहेका राउत परिवारहरूमा आएका समस्याहरू समाधान गर्नका लागि पहल गर्ने जनाइएको छ । संस्थामा रहने सदस्यलाई वार्षिक नवीकरणसमेत गराउने योजना अगाडि सारेको छ ।