धनकुटा। धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आइतबार एक भव्य समारोहको बीच धनकुटामा सम्पन्न भएको छ ।
पुर्व मन्त्री सुनील वहादुर थापाको प्रमुख आतित्थ्यमा धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सन् २०२० का अध्यक्ष जेसी रविना श्रेष्ठले नवनिर्वाचित सन् २०२१ का अध्यक्ष जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण तथा गोपनियताको सफत ग्रहण गराएका थिए । त्यसैगरी नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षहरु जेसी विपना श्रेष्ठ र जेसी स्मिता श्रेष्ठ चयन भएका छन् ।
लेडी जेसीज धनकुटाका उपाध्यक्षहरुमा जेसी सावित्रा राई, जेसी अमृता श्रेष्ठ, जेसी उर्मिला महर्जन, जेसी रीना श्रेष्ठलाई चयन गरिएको छ । धनकुटा लेडि जेसीज वर्ष २०२१ वोर्डको जनसम्पर्क अधिकारीमा जेसी धारणा श्रेष्ठ र सचिवमा सरस्वती राईलाई चयन गरिएको नवनिर्वाचित धनकुटा अध्यक्ष जेसी विशिका श्रेष्ठले ब्लाष्टलाई बताईन् ।
सो अवसरमा वर्ष २०२० मा धनकुटा लेडी जेसीजले गरेका विभिन्न क्रियाकलापहरुको वारेमा अध्यक्ष रविना श्रेष्ठले जानकारी दिएका थिए । अध्यक्ष श्रेष्ठले वर्ष २०२० मा धनकुटामा लेडी जेसिजले गरेको नेवारी खाजा तालिम, स्वागत वोर्ड स्थापना तालिम, कोभिड सचेतना कार्यक्रम, माक्स वनाउने तालिम, होभियो प्याथिक औषधी वितरण, घरेलु स्यानेटरी प्याड निर्माण तालिम, शुभ विवाहमा आवश्याक पर्ने माला, नरीवल र सुपारी वनाउने तालिम, मेन्दी लगाउने तालिम, सिमेण्टको गमला वनाउने तालिम र धनकुटा वजार क्षेत्रका ५ वटा मन्दिरको दशैतिहार ताका सरसफाई लगायतका विविध गतिविधी गरेको भन्दै जानकारी दिएका थिए ।
धनकुटा लेडी जेसीजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले स्थापना गरेका स्वर्गिय बुबा अम्वर बहादुर थापा स्मृति पुरस्कारबाट उत्कृष्ठ शाखा पदाधिकारी पुरस्कार महासचिव विशिका श्रेष्ठ र जेसी रीना श्रेष्ठलाई पुस्कृत गरेका थिए । सो अवसरमा उपस्थित् हुनु हुने अतिथिहरु राष्ट्रिय उपाध्यक्षद्धय सुनिल तिम्सीना, विमला कार्कीलाई धनकुटा जेसीजको तर्फबाट सम्मान गरिएको थियो ।
त्यसैगरी सम्मानित हुनेहरुमा प्रशिक्षकत्रेय धरान–३ सुनसरीका रन्जना श्रेष्ठ, प्रशिक्षक उर्मिला महर्जन, रेणु श्रेष्ठ, संस्थापक अध्यक्ष जेसी प्रमिशा श्रेष्ठ र प्रथम पुरुष मनोज श्रेष्ठलाई वर्ष २०२० धनकुटाका अध्यक्ष रविना श्रेष्ठ र समारोहका प्रमुख अतिथि मन्त्री सुनिल वहादुर थापाले सम्मान पत्र मार्फत सम्मान गरेका थिए ।
सो अवसरमा कार्यक्रममा सहभागी धरान, इटहरी, तरहरा, झुम्का, धनकुटा लगायत स्थााका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।