धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार हिजो राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि बसेका कानेपोखरी गाउँपालिका–१का २६ वर्षीय सनम याख्खाका मृत्यु भएको हो ।

प्रहरीले चतरा बजारबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२–०४१ प ४९७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा घाईते भएका याख्खाको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका १ का २५ बर्षीय प्रदिप राईको भने अनुहारमा चोट लागेको छ । उनी दंगा नियन्त्रण प्रहरी गण दुहबीमा दरबन्दी भएपनि इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।