धरान । नेपाल चलचित्रकर्मी महासंघको सुनसरी जिल्ला समितिको संयोजकमा धरानका रङ्गकर्मी तथा कलाकार नविन मेन्याङ्वो चयन भएका छन् । 

शनिबार इटहरीको ताल तलैयामा आयोजीत चलचित्रकर्मी महासंघ प्रदेश १को पिकनिक तथा भेटघाट कार्यक्रममा जिल्ला समिति घोषणा गरिएको हो । समितिको सदस्यहरुमा हस्त लिवाङ, दिलु सुब्बा, समिर बराईली, मदन गुप्ता, मेनुका प्रधान, प्रकाश अनुराग,नरेन्द्र राई, रितेश जंग खत्री र एकराज सुब्बा रहेका छन् ।

पिकनिक तथा भेटघाट कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, हेमन्त बुढाथोकी, रामा मण्डल लगायतको उपस्थिति रहेको थियो । प्रदेशका कलाकर्मीहरुको भेटघाट र परिचयका लागि यस्तो कार्यक्रम आयोजना गरिएको महासंघ प्रदेश १का संयोजक अरुण प्रधानले जानकारी दिए ।