धरान/नवोदित गायक दिप्सन भट्टराई मोडलिङमा पनि उस्तै गरी चम्किँदै छन् । उनले हालै सार्वजनिक भएको गीतमा अभियन गरेका छन् । 

दिप्सनलाई एलिना चौहानले साथ दिएकी छन् । दुईजनाको स्वरमा सजिएको ‘ज्वाइँ बडो गजब छ’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । जसमा दिप्सनका अलावा भूमिका केसी, सुदीप आचार्यको अभिनय रहेको छ । 

दिप्सनको शब्द रहेको गीतमा आविष्कार भट्टराईको सङ्गीत रहेको छ । दिप्सनले आफ्नै अफिसियन युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेका छन् । उनी मिस्टर नेपाल २०१६ को फस्ट रनरअपसमेत हुन् । प्रमोद भण्डारीको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी पनि भण्डारीले नै गरेका हुन् ।