मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकमा रहेको मानब सेवा समाज मिक्लाजुङले गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवरवर सिरक वितरण गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का ५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई फाइवर सिरक वितरण गरिएको मानब सेवा समाज मिक्लाजुङका अध्यक्ष प्रवेश कवंरले बताए ।

चिसो मौषमा आमा तथा बच्चालाई न्यानोपन दिलाउन सहयोग पुगोस भन्ने उदेश्यले गर्भवती तथा सुत्केरी महिरुलाई फाइवर सिरक वितरण गरेको मानव सेवा समाज मिक्लाजुङका सचिब दीपेन थापाले बताए । 

मानब सेवा समाज मिक्लजुङले मिक्लाजुङ क्षेत्रमा बिगत दुई बर्ष अघी देखी बिभिन्न प्रकारका मानवीय सेवाका कार्यहरु गर्दै आएकोछ ।

सोही संस्थाले यस बर्ष मात्र मिक्लाजुङका गरिब तथा बिपन्न बर्गका परिवारको ४ वटा घर निर्माण गरि हस्तान्तरण समेत गरि सेकेको छ ।