इटहरी । इटहरी १० मुसहर बस्तीकी सन्ध्या मुसहरकी छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन । इटहरी अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए ।

 सन्ध्याले भनिन, चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ । सन्ध्याले भनिन सानो बच्चा छ । काम पनि केही पाउँदैन ।

पेट पाल्नै मुस्किल छ, बाक्लो लुगा छैन दुखेसो गर्दै उनले भनिन् । उनी मात्र हैन त्यस टोलका मुसहरहरु सबै भन्दा पिडित छन ।

त्यही टोलका रुपेश मुसहर ज्यालादारीको काम गर्छन । ट्याक्टरमा मजदुरीको काम गर्दै आएका उनको परिवारलाई पनि जाडो छेक्न समस्या भएको छ ।म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् ।

दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन, रुपेशले भने । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ उनी भन्छन् ।

चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । घर बनाउने साईडमा मजदुरी काम गर्दे आएका रेसा मुसहरको पिडा पनि कम छैन ।

आफ्नो घरमा भएका २ छोरी १ छोरा पाल्न समस्या छ । चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् ।

चिसोको कारण अति विपन्न परिवारहरु समस्यामा पर्ने गरेको नेपाली काँग्रेस इटहरी १० का सभापति प्रकाश कोईरालाले बताए । केहि दिन देखि बढेको अत्याधिक चिसोको कारण यहाँका केटाकेटी तथा बृद्धाहरु समस्यामा परेको भन्दै उपमहानगरले उनीहरुलाई न्यायो कपडा वितरण गर्नु पर्ने माग गरे ।

उनीहरुलाई जाडो मौषममा स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको बताए ।

इटहरी १० का वडाध्यक्ष प्रकाश चौधरीले मुसहर बस्तीका सर्वसाधरणहरु चिसोको काण समस्यामा परेको बताए । त्यहाँका ५० घरधुरीका सर्वसाधरणहरु चाडोको मारमा छन ।

हाम्रो वडाको मुसहर समुदायका विपन्न परिवारको नाम इटहरी उपमहानगरपालिका पठाएको बताए । हरेक बर्ष उनीहरु समस्यामा पर्ने गरेका छन वडाध्यक्ष चौधरीले भने ।

इटहरी अस्पतालका इर्मेजेन्सी इन्चार्ज राम धमलाले जाडोको कारण अस्पतालमा विरामीहरुको संख्या समेत बढेको बताए । केहि दिन  देखि विरामीहरु आउँने क्रम बढेको छ धमलाले भने ।

अहिले केटाकेटी र बृद्धाबृद्धहरुमा बढि समस्या देखिएको उनी बताउँछन । जाडोमा तातो पानी धेरै खान उनको सुझाब छ । पछिल्लो केहि महिना यता इटहरी अस्पतालमा विरामीको संख्या समेत बढि रहेको उनी बताउँछन ।   

इटहरी १० मुसहर बस्तीकी सन्ध्या मुसहरकी छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन ।

इटहरी अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए ।

'चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।' सन्ध्याले भनिन  'सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ । बाक्लो लुगा छैन ।'  उनी मात्र हैन त्यस टोलका मुसहरहरु सबै भन्दा पिडित छन ।

त्यही टोलका रुपेश मुसहर ज्यालादारीको काम गर्छन । ट्याक्टरमा मजदुरीको काम गर्दै आएका उनको परिवारलाई पनि जाडो छेक्न समस्या भएको छ । 'म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन । ' रुपेशले भने 'चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । ' उनी भन्छन् ' मलाई त रिङ्गटा लाग्न थालेको छ   ।'

चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । घर बनाउने साईडमा मजदुरी काम गर्दे आएका रेसा मुसहरको पिडा पनि कम छैन ।

आफ्नो घरमा भएका २ छोरी १ छोरा पाल्न समस्या छ । चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् ।

चिसोको कारण अति विपन्न परिवारहरु समस्यामा पर्ने गरेको नेपाली काँग्रेस इटहरी १० का सभापति प्रकाश कोईरालाले बताए । केहि दिन देखि बढेको अत्याधिक चिसोको कारण यहाँका केटाकेटी तथा बृद्धाहरु समस्यामा परेको भन्दै उपमहानगरले उनीहरुलाई न्यायो कपडा वितरण गर्नु पर्ने माग गरे । उनीहरुलाई जाडो मौषममा स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको बताए ।

इटहरी १० का वडाध्यक्ष प्रकाश चौधरीले मुसहर बस्तीका सर्वसाधरणहरु चिसोको काण समस्यामा परेको बताए । 'त्यहाँका ५० घरधुरीका सर्वसाधरणहरु चाडोको मारमा छन । हाम्रो वडाको मुसहर समुदायका विपन्न परिवारको नाम इटहरी उपमहानगरपालिका पठाएको छ। हरेक बर्ष उनीहरु समस्यामा पर्ने गरेका छन । ' वडाध्यक्ष चौधरीले भने ।

इटहरी अस्पतालका इर्मेजेन्सी इन्चार्ज राम धमलाले जाडोको कारण अस्पतालमा विरामीहरुको संख्या समेत बढेको बताए । 'केहि दिन  देखि विरामीहरु आउँने क्रम बढेको छ । ' धमलाले भने ।

अहिले केटाकेटी र बृद्धाबृद्धहरुमा बढि समस्या देखिएको उनी बताउँछन । जाडोमा तातो पानी धेरै खान उनको सुझाब छ । पछिल्लो केहि महिना यता इटहरी अस्पतालमा विरामीको संख्या समेत बढि रहेको उनी बताउँछन ।