विराटनगर/ पुसको अन्तिम तिर सितलहरसँगै जाडो अत्याधिक बढेको छ । जाडोबाट सबैभन्दा बढी आर्थिक अवस्था नाजुक भएको घरपरिवार जाडोमा कठ्याङग्रिएका छन् । अधिक मात्रमा बढेको जाडोमा मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का विपन्नको घरमा पुगेर न्यानो कपडा बितरणमा लागेका छन् ।
‘सामुदायिक साझेदारी प्रहरी कार्यक्रम’ अन्र्गत मोरङ प्रहरीले सोमबार मोरङको तीन वटा स्थानिय तहकामा पुगेर आर्थिक अवस्थामा नाजुक भएका २ सय घर परिवारलाई जाडोमा कम्बल वितरण गरेको छ । रंगेली, सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिकामा २ सय घर परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको प्रहरीले जनाएको छ ।
रंगेली नगरपालिका ८ स्थित बेदमारी टोलका अतिबिपन्न र दलित परिवारका ७० परिवार , सुनवर्सी नगरपालिका ३ स्थित जुलुडुब्गाका ४० घर परिवार, सुनवर्सी ४ गोरी टोलका ४० घर परिवार र धनपालथान गाउपालिका ५ स्थित डंङ्गा टोलका ५० घर परिवारलाई कम्वल बितरण गरिएको छ ।
कम्बर वितरण अभियानमा मोरङ प्रहरी प्रमुख खड्कासहित प्रहरी नायव उपरीक्षक मानबहादुर राई, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का, बडा अध्यक्ष ढक प्रसाद आचार्य, स्थानिय, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
प्रहरीले प्रतिपरिवार एक वटा कम्बल दुईसय घरपरिवारलाई उपलब्ध गराएको हो । जाडो दिनप्रतिदिन बढदै गएकोले मोरङ प्रहरीले थप अन्इ स्थानिय तहका आर्थिक अवस्था नाजुक भएको घरपरिवारलाई पनि जाडोमा कम्बल वितरण गर्ने एसपी खड्काले बताए । अतिविपन्न बस्तीमा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको प्रहरी टोलि पुगेर कम्बल वितरण गर्दा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।