धरान । दुव्र्यसनमा फसेकाहरूको उपचारमा खटिएको सञ्जीवनी पुनस्र्थापना केन्द्रले प्रथम खुल्ला फुटसल प्रतियोगितापश्चात पाँचवटा सामाजिक कार्य गरेको छ ।
केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारका अनुसार धरान–१० धर्मपथका तीनवटा सडकमा जेब्रा क्रसिङ, घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । त्यस्तै केन्द्रमा उपचाररत २ जना अतिविपन्न बिरामीलाई निःशुल्क उपचार भइरहेको छ । साथै धरान–१७ की जानुका विकको निर्माणाधीन घरको लागि १० हजार र आदिवासी जनजाति पत्रकार महासङ्घ –फोनिज) सुनसरीले अक्षयकोषका लागि १० हजार रुपैयाँ सहयोग गरिएको छ ।
सोमबार स्वर्णीम भेट्रान क्लबसँग नेपाल फोटो पत्रकार महासङ्घको मैत्रीपूर्ण फुटसलपछि उक्त सहयोग गरिएको हो । मैत्रीपूर्ण फुटसलमा स्वर्णीम भेट्रान क्बलले पत्रकारको टोलीलाई टाइब्रेकरमा हराएको छ । निर्धारित समयसम्म ११–११ गोलको बराबरीमा रोकिएपछि गरिएको टाइब्रेकरमा २–० गोलले हराएको हो । स्वर्णीमबाट तीर्थराज आले मगर र सम्पूर्ण ताम्राकारले गोल गर्दा पत्रकारको प्रहारलाई गोलरक्षकले बचाएको थियो । मैत्रीपूर्ण खेलमा कुखुरा उपहार दिइएको थियो ।
सञ्जीवनीले पुस २३ र २४ गते खुल्ला फुटसल प्रतियोगिता गराएको थियो । जसमा ३२ वटा टिम सहभागी भएका थिए भने विजेताले नगद ५१ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।