भण्टाबारी । सुनसरीको कोशी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कोशी गाउँपालिकाको आयोजना तथा नेपाल मुस्लिम डाक्टर्स एण्ड परामेडिक्स एसोसिएसनको सहकार्यमा शनिबार सो शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा कोशी गाउँपालिकालगायत क्षेत्रका गरी ९३९ जनाले स्वास्थ्य चेकजाँच गराएको कोशी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख जमिल अख्तरले जानकारी दिए ।

निशुल्क स्वास्थ्य परिक्षण शिविरमा बिराटनगरलगायत विभिन्न स्थानबाट आएका विभिन्न रोगका विशेषज्ञहरूले सेवा दिएको उनको भनाइ छ ।

वरिष्ठ फिजिसियन डाक्टर सय्यद वकार अहमद , खालिद हुसेन, प्रवेज कोसर, फरमुद अन्सारी, वरिष्ठ सर्जन आमिर अफाक, युरोलोजिष्ट इकबाल अहमद, लगायतले कोशी गाउँपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सेवा दिएको अख्तरले जानकारी दिए ।

कोशी गाउँपालीका ३ स्थित जमुवा चौकमा आयोजना गरिएको उक्त शिविरको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका थिए ।

कार्यक्रम फलदायी भएको बताउदै कोशी गाउँपालीका अध्यक्ष अन्सारीले गाउँपालीका क्षेत्रभित्र रहेका गरिब,निमुखा तथा विपन्न समुदायलाई लक्षित गरेर गरिएको कार्यक्रममा सबै क्षेत्रका सर्वसाधारणको उपस्थिति देखिएको बताए ।

हरे वर्गका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने आफ्नो लक्ष्यअनुरुप आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर गरिने उनले बताए ।