ब्लाष्टखबर ।  राष्ट्रपति पदको निर्वाचनको नतीजालाई लिएर अमेरिकामा भइरहकाे खिचातानीका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको भीडले बुधबार अमेरिकी क्यापिटल हिल भवन बाहिर ठूलो हंगामा मच्चाएका थिए । अमेरिकी क्यापिटल भवन (संसद भवन)मा ट्रम्प समर्थकले गरेकाे भएकाे उक्त हंगामालाई बिहिबार निर्वाचित राष्टपति जो बाइडनले राजद्रोह बताएका छन् । 

भिडलेले संसद भवन भित्र गरेकाे  हिंसात्मक आक्रमणकाे एक दिन पछि  बाइडनले उक्त घटनालाई लिएर आक्रमणकारीहरूलाई  घरेलु आतंकवादीकाे  रूपमा निन्दा गरेका हुन् ।

उनले भने '  ब्ल्याकमा ब्लैक लाइभ्स मेटरको समूहले प्रदर्शन गरेको भए उनीहरुसंग राम्रो व्यवहार हुदैनथ्यो,  उनीहरुलाई बदमाशहरुको टोली भन्दा बिभिन्न व्यवहार गरिएको थियो। , जसले क्यापिटल भवनमा आक्रमण गरे  हामी सबैलाई थाहा छ कि यो सत्य हो। र यो अस्वीकार्य छ। '

अर्कोतर्फ, कांग्रेसको तल्लो सदन 'संसद ' का अध्यक्ष न्यान्सी पेलोसीले ट्रम्पलाई इंकित गर्दै भने, ' यदि ट्रम्पलाई २४ औं संशोधन अन्तर्गत राष्ट्रपति पदबाट हटाइएन भने अमेरिकी संसदले महाभियोगको प्रक्रियामा जान सक्छ।'

संसद भवनमा भएकाे  आक्रमणकाे निन्दा गर्दै ह्वाइट हाउसका प्रेस सचिव कायल म्याकेनेले संसद भवनभा भएकाे हिंसा अमेरीकाकालागी भयावहकाे स्थिति रहकाे बताएकी छिन् । उनले राष्ट्रपति र ट्रम्प प्रशासन को तर्फबाट यसको कडा निन्दा गरेकाे बताउदै ,   निन्दायोग्य उक्त घटना अश्विकार्य भएकाे बताएकी छिन् । उनले भनिन् ' कानुनकाे उल्लङ्घन गर्ने उनिहरूलाई कानुनी कारवाही गरिनु पर्दछ ।  ' 

डोनाल्ड ट्रम्प समर्थक दंगालीहरूले बुधवार अमेरिकी संसदमा भएको आक्रमणमा तल्लाे सदन प्रतिनिधि सभाका वक्ता न्यान्सी पेलोसीको कार्यालयमा पनि ताेडफाेड गरेका थिए ।  पेलोसीका सहायकका अनुसार  भिडले ८० वर्षीय शीर्ष डेमाेक्रट नेतकाे सुरक्षित भवनमा रहकाे नेमप्लेट उखाल्नुका साथै एेना ताेडेका थिए । 

घटनापछि निर्वाचित राष्ट्रपति जो बाइडनले राष्ट्रकाे नाममा एक सन्देस दिदै अमेरिकामा यस्तो अन्धकारे क्षण आएको देखेर उनी छक्क पर्नुका साथै  र दुः खी भएकाे बताएका थिए । बाइडनले उक्त घटनालाई लिएर अमेरीकाकाे लेकतन्त्र संकटमा परेकाे बताएका थिए ।