ब्लाष्टखबर । नेकपाकाे प्रचण्ड–माधव समुहले मुख्यमन्त्री शेरधन राईलाई प्रदेश १ काे संसदीय दलका नेताबाट हटाएर  भीम आचार्यलाई चयन गरेको छ । 

यस अघि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–नेपाल समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो ।

 प्रचण्ड–नेपाल र ओली समुहमा विभाजीत भएसंगै कानूनी रुपमा विभाजनको पर्खाइमा रहेको नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता भएको छ ।

 संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका छन् । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाएकामा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बिहीबार बिहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाईएको हाे  ।