ब्लाष्टखबर । बेलायतमा आपतकालीन उपयाेगका रूपमा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएकाे छ । 

बेलायत सरकारले बुधबार कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हाे  । एस्ट्राजेनेकाले बेलायतका काेभिडशिल्डकाे  पहिलाे डाेज बुधबार नै जारी गर्ने बताएकाे छ । 

जस अनुसार नयाँ वर्षकाे सुरूवातसंगै सर्वसाधारणलाई खाेप दिइने बताइएकाे छ । बेलायत सरकारले खाेप उत्पादक कम्पनी संग १० कराेड डाेज खाेप सप्लाइ गर्न सम्झैला गरेकाे छ ।  जसले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।