भद्रपुर/ झापाको बिर्तामोडमा मारुती भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा पूर्वबाट पश्चिम तर्फ गइरहेको को १ च ३९८८ नम्बरको मारुती भ्यान र दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ५९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा सोमबार साँझ ८ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा कचनकवल ३ घर हाल विर्तामोड ३ बस्दै आएका ३६ वर्षिय विमल राजवंशी ,मोटरसाइकल पछाडी बस्ने भारत राइगञ्जका वर्ष ७० का गोपाल बर्मन राजवंशीर सोही स्थानका ३६ वर्षिय गोपेन बर्मन राजवंशी रहेको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।
घाइते तीनै जना पुरुषको अवस्था गम्भिर रहेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । घाइतेहरूको टाउको अन्य भागमा चोट रहेको उनको भनाइ छ । उनीहरुको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । भ्यान चालक फरार रहेको छ, भने दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको जनाइएको छ ।