धनकुटा/ ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसर पारेर बिहीबार धनकुटा कारगारका कैदी बन्दीहरुलाई आवश्याक पर्ने विविध सामाग्री वितरण गरिएको छ ।
महामारीमा मानव अधिकार, स्वास्थ्य सेवामा सवैको पहुँच र विस्तार भन्ने मूल नाराको साथ आयोजना गरिएको विविध समाग्री वितरण कार्यक्रम मानव अधिकार, समाजिक सचेतना विकास केन्द्र (हुसाडेक नेपाल) धनकुटाले गरेको हो । सामाग्री हस्तातरण कार्यक्रम प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।
विविध सामाग्री कार्यक्रमका प्रमुख अतिथि निरन राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले धनकुटा कारागार शाखाका प्रमुख शिव श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा ३६ इन्चको फ्याल्ट कलर टेलिभिजन, नर्मल माक्स ५ पाकेट, स्यानिटाईजर ८ वोतल, लाईफ व्वाई सावुन ७२ थान, स्यानिटरी प्याड ५ थान ह्याण्ड वास लिक्वइड १० थान वितरण गरिएको थियो । वितरण गरिएका विविध सामाग्रीहरु महालक्ष्मी नगरपालिका धनकुटाले सौजन्य गरेको बताइएको छ ।
सामाग्री हस्तान्तरणको क्रममा प्रदेश सभासद निरन राईले कारगारका कैदी वन्दीहरु मानव अधिकार स्वास्थ्यको दृष्ट्रिकोणले अत्यान्त्यै संवेदनशिल अवस्थामा वसोवास गरिहेको औल्याएका छन् । कैदीवन्दीहरु भवन अभावको कारण अत्यान्त्यै कष्टकर ढंगले कैद भुक्तान गरिहहेको अनुगमनको क्रममा पाइएको राईले बताए ।
उनले कारगार साँगुरो भएको कारण निर्माण गरिएको नयाँ भवन पनि कारगारमा रहेका कैदीवन्दी मैत्री नभएको र कारगारको हुनु पर्ने मापदण्डमा निर्माण कार्य नभएकाले थप सुधार गर्नु पर्ने औल्याए । सो अवसरमा नवनिर्मित कारगारको मापदण्ड अनुसार थप सुधारको लागी शाखा प्रमुख शिव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीलाई आग्रह समेत गरेका छन् ।
हुसाडेक नेपाल धनकुटाका अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा सम्पन्न सामाग्री वितरण कार्यक्रममा प्रहरी प्रमुख गोविन्द अधिकारी, गैसस महासंध धनकुटाका अध्यक्ष मीन सुवेदी, राष्ट्रिय अनुशन्धानका प्रमुख तुलसी कट्टेल, सामाजिक संघ संस्थाका अगुवाहरुको सहभागीता रहेको थियो । जिल्ला कारगार धनकुटामा ७ महिला सहित ७२ जना कैदीवन्दीहरु विभिन्न अभियोगमा कैद भुक्तान गरीरहेका छन् ।