बेलबारी/ झण्डै एकवर्ष देखी बन्द रहेका चलचित्र हल संचालन गर्न संचालकहरुले सरकारलाई दवाब दिएका छन् ।

बिगत ८ महिनादेखी बन्द रहेका चलचित्र हल यथासिघ्र चलाउन दिनुपर्ने नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखाले सरकारसँग माग राखेको छ ।

नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाईरस कोभिड १९ का कारण ८ महिनादेखी थलिएको सिनेमा घरका संचालकहरु यतिबेला हलमा लगाएको लगानी निल्नुन ओकल्नुको अवस्थामा पुगेको गुनासो गरिरहेका छन् ।

सरकारले अन्य सबै किसीमका व्यावसाय संचालन गर्नदिएको छ, तर हललाई भने अहिले सम्म कुनै पनि निर्णय नगरेको सारदा चलचित्र हल बेलबारीका संचालक तथा नेपाल चलचित्र संघका निवर्तमान पुर्वाञ्चल सभापति बिकास कोईरालाले बताए ।

यसैविच ईटहरीमा शनिबार बसेको बैठकले अविलम्ब अबको १५ दिनभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग राखेका छन् । अबको १५ दिनभित्र हल संचालन गर्न राज्यले कुनै पनि निर्कष ननिकाले पूर्वाञ्चल चलचित्र शाखाले केन्द्रसँग समन्वय गरेर हल आफै चलाउने नेपाल चलचित्र पूर्वाअञ्चल शाखाका संयोजक चैतन्य बरालले जानकारी दिए ।

अग्रेजी महिनाको नयाँ बर्ष अगाडीदेखी नै हल सचालन गर्नदिए चलचित्र हल व्यावसायीहरुलाई केही राहत मिल्ने बरालले बताए । लामो समयदेखी बन्द रहेका सिमा नाका खोलिदिए नयाँ बर्षमा भारतबाट अधिकास भारतिय पर्यटक आउने बराललको दावी छ । सरकारले हल संचालन दिए स्वास्थ्य प्रोटोकल पालना गरि हल संचालन गर्ने हल व्यावसायीहरुको भनाई छ ।

यता हल संचालक तथा चलचित्र व्यावसायीहरुले सरकारले हल संचालन गर्न दिएको समयदेखी २ बर्ष सम्म राज्यलाई कर नबुझाउने समेत निर्कषमा पुगेका छन् । हाल पूर्वाञ्चलमा २३ वटा ठूला तथा साना सिनेमा हल संचालनमा छन् ।