इनरुवा/ प्रदेश १ सरकारको लगानीमा सुनसरीको कोशी कटानमा ‘रिफ्रेसमेण्ट सेण्टर’ निर्माण हुने भएको छ ।
कटान क्षेत्रमा २ अर्ब बढीको योजना सञ्चालन हुन लागेको हो । परियोजनाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुधबार शिलान्यास गरे । शिलान्याससँगै परियोजनाको पहिलो चरणको काम थालनी भएको छ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक मन्त्री जीवन घिमिरेका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैत सहभागी थिए ।
मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी सञ्चालनमा ल्याउन लागिएको परियोजना मुलुककै लागि नमुना र गौरवको आयोजना हुने दाबी गरे । उनले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचना प्रदेश १ को पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने बताए । परियोजना अन्तर्गत कटान क्षेत्रमा आधुनिक बसपार्कलगायत होटल, स्विमिङ पुल, फ्युल सेण्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोबस्तीलगायतका संरचना निर्माण हुनेछ ।
निमित्त आयोजना प्रमुख सुरेन्द्रप्रसाद साहका अनुसार पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरको काम थालिनेछ । संरचना निर्माणको ठेक्का कविन्द्र नवसिर्जनशील जेभी सिनामङ्गल काठमाडौंले पाएको छ । २०६५ भदौ २ गते कोशी फुटेर बालुवामा परिणत गरेको जग्गालाई अधिकरण गरी रिपे्रmसमेण्ट सेण्टर निर्माण गर्न लागिएको हो । यसमा कोशी गाउँपालिकाले समेत लगानी गर्नेछ । सप्तकोशी नदीसँगै रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपास रहेका पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उक्त परियोजना महŒवपूर्ण सावित हुने गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए । उनले आफ्नो क्षेत्रबाट समेत लगानी भिœयाउने सवालमा पहल चालिएको बताए ।
अन्सारी मुख्यमन्त्री राई समक्ष आरक्षबाट निस्कने जङ्गली जनावरको व्यवस्थापन र जनताको जिउधनको सुरक्षाको विषयमा समेत ठोस योजनाका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए । त्यसैगरी अध्यक्ष अन्सारीले बञ्जर जमिनमा सिंचाइको उचित बन्दोबस्त मिलाउन समेत प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरे । प्रदेशकै महŒवाकाङ्क्षी र ठूलो परियोजनाको रूपमा प्राथमिकतामा राखिएको परियोजनालाई प्रदेश १ सरकारले तीन वर्षभित्र पूरा गर्ने लक्ष लिएको छ ।