ब्लाष्टखबर । जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका चार जनाकाे मृत्यु भएकाे छ । 

आठबीस नगरपालिकाकाे वडा नम्बर  २ घारीखोलाबाट जन्ति लिएर वडा नम्बर ८ दाँजे तर्फ जादैगरेकाे रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना भएको आठबीसकोटका नगरप्रमुख गोरखबहादुर केसीले बताएका छन् ।

केसीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपाली रहेका छन् ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भिर घाइते बताइएकाे छ । दुर्घटनापछि जिप चालक भने फरार रहेकाेले खाेजि कार्य भइरहकाे प्रहरीले जनाएकाे छ ।

दुर्गम र कच्चा सडक भएकाले त्यहाका स्थानियहरूले जाेखिप पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहँदा रहँदै पनि त्यस क्षेत्रमा संञ्चालन हुने अधिकंश सवारीसाधन थोत्रा भएका कारण बढिनै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकाे स्थानियकाे भनाइ छ ।